जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १०:४५

प्रचण्ड-माधवलाई सुझाव : नेपाली भएर सोच्नोस, पार्टी बिभाजनको भारत निर्देशित खेल बन्द गर्नोस


काठमाडौं, साउन २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले भारतको निर्देशनमा पार्टी बिभाजनका लागि भइरहेको खेल बन्द गर्न अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई सुझाव दिनुभएको छ । चार नेताले भारतको निर्देशनमा पार्टी बिभाजनको अन्तिम तयारी गरेका निश्कर्षका साथ नेकपा बागमतिका सचिवसमेत रहनुभएको नेता पोखरेलले नेपाली भएर सोच्न पनि आग्रह गर्नुभएको छ ।

यस्तो छ पोखरेलको भनाई

नेकपाको बिभाजन प्रायोजन, रहर वा बाध्यता के हो ? बिकसित घटनाक्रमको अध्ययन गर्दा अनुमान गर्न सकिन्छ यो प्रायोजित हो, निर्देशित हो । त्यसैले नेताहरुको कथित बिधिभित्र लुकेके पदीय आकांक्षाको लोभमा निर्देशनअनुसार पार्टीलाई बिभाजन गराऊन कृत संकल्पित देखिन्छन । यो कम्युनिष्ट आन्दोलनको लागि कलंक र धोका हो । उपलब्धीको बिसर्जन हो । ‬अझै समय छ, नेपाली भएर सोचौं, पार्टी बिभाजनको निर्देशित खेल बन्द गरौं । इतिहासको अबिभारा पूरा गर्न एकताबद्ध है।