काठमाडौं, साउन २३
काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ । योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् ।
‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर भन्छ,’ इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले भन्नुभयो, ‘गलत नम्बर मात्र होइन, बस्न ठेगानासमेत गलत टिपाएका छन् ।’ उहाँका अनुसार बुधबार १६ जना संक्रमित सम्पर्कविहीन थिए ।’
तर विहीबार १० जना सम्पर्कमा आए, फेरि विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्कविहीन छन् । यसअघि पनि पटक–पटक संक्रमितहरु सम्पर्कविहीन छन् । तीमध्ये केही आफैं सम्पर्कमा आएको र केही अझै सम्पर्कमा नआएको कोइरालाले बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्