जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १४:०७

भारतमा एकैदिन ६२ हजार बढी व्यक्तिलाई कोरोना संक्रमण


नयाँ दिल्ली, साउन २३

भारतमा एकैदिन ६२ हजार बढी व्यक्तिलाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार बढी नयाँ व्यक्तिलाई कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २० लाख नाघेको जनाएको छ ।

४१ हजार ५८५ संक्रमितको मृत्यु भइसकेको छ भने १३ लाख ७८ हजार धेरै निको भएका छन् । भारतमा अहिले सम्म २ करोड २७ लाखको पीसीआर परीक्षण भएको छ । भारतमा पछिल्लो समय प्रत्येक दिन ५० हजार बढी नयाँ व्यक्तिलाई कोरोना पुष्टि भइरहेको छ ।