जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १२:५३

वीरगन्जका अस्पतालको अमानविय व्यवहारले मृत्यु भएकी महिलामा कोरोना पुष्टि


वीरगन्ज, साउन २५

अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति दुई बजेर १२ मिनेटमा नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति १० बजेदेखी रिक्सामा राखेर उनलाई वीरगन्जका सबै अस्पताल पुर्‍याएका थिए । तर, कुनै पनि अस्पतालले पिसिआर परीक्षणको रिपोर्ट नभएको भन्दै भर्ना लिने मानेनन् ।