जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १३:२१

सांसद केसीलाई कोरोना संक्रमण


बाँके, साउ २५

प्रदेश ५ की प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई कोरोना संक्रमण भएको छ । सांदस केसीले शनिबारराति आफ्नो फेसबुकमा लेख्दै आफ्नो पीसीआर जाँचका क्रममा पोजिटिभ रिपोर्ट देखिएको जानकारी गराउनुभएको हो ।

केसीले एकसातासम्म आफ्नो सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर जाँच गराउने आग्रह गर्नुभएको छ । बाँके क्षेत्र नम्बर १ (क) की प्रदेशसभा सांसद केसी कोरोना संक्रमण रोकथाय तथा नियन्त्रणमा सक्रीय रुपमा खटिनुभएको थियो ।