काठमाडौं, साउन २५
आइतबार काठमाडौं उपत्यकामा ९३ जनालाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ९१ र ललितपुरका २ जनालाई सहित देशभर ३८० लाई कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका ९३ सहित ३८० जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्