जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १३:४९

कोरोना उपचारमा स‌ंलग्न २ डाक्टरसहित २० जनालाई कोरोना


बाँके, साउन २६

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत २ डाक्टरसहित बाँकेमा थप १५ जनामा कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । भेरी अस्पतालका अनुसार हिजोसाँझदेखि आज मध्यान्हसम्म बाँकेका १५, कैलालीका २, दाङ १, बर्दियाका १ र सल्यानका १ जना गरि २० जनालाई कोरोना पुष्टि भएको छ ।

नेपालगञ्ज ६ र १३ बाँकेका २५ र ३४ वर्षका चिकित्सकलाई कोरोना पोजेटिभ देखिएको हो । यसअघि नेपालगञ्ज मेडिकल कलेजकै एक जना चिकित्सकमा कोरोना पुष्टि भएको थियो ।