जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार १३:२३

गण्डकीमा थपिए ८ कोरोना संक्रमित


कास्की, साउन २७

गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षण ३ जिल्लाका ८ जनामा कोरोना पुष्टी भएको हो । जसमा वाग्लुङका २, तनहुँका २ र कास्कीका ४ जना रहेका छन् ।

उनीहरु मध्ये २ जना महिला छन् भने अन्य पुरुष रहेका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । योसंगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ ।