जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार १२:१६

कोरोनाबाट जनकपुरका पूर्वमेयरको मृत्यु


ललितपुर, साउन २८

जनकपुरका पूर्व मेयर कोरोना संक्रमणबाट आज बिहान ललतिपुरमा मृत्यु भएको छ । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएका ७३ वर्षीय पुरुष जनकपुरका पूर्व मेयर कृष्ण गिरी हुन् ।

२०४५ साल ताका जनकपुरको मेयर रहनुभएका गिरी अहिले जनकपुरमै होटल व्यवसाय गर्दै आउनुभएको थियो । १५ दिनअघि कोरोना संक्रमण देखिएको उहाँलाई विमान चार्टर गरी मेडिसिटी ल्याइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।