जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार १२:३५

प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण


विराटनगर, साउन २८

प्रदेश-१ सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उहाँ इटहरीमा बसोबास गर्दै आउनुभएको छ ।

साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उहाँले शनिबार धरानमा स्वाब दिनुभएको थियो । आज आएको रिपोर्टमा उहाँको पोजेटिभ रिपोर्ट आएपनि हाल स्वास्थ्य अवस्था सामान्य रहको छ ।