जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १५:५६

युभेन्टसको अन्तिम लिग रोनाल्डोले नखेल्ने


एजेन्सी ।

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन युभेन्टसका लागि इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम खेल नखेल्नुहुने भएको छ । केहि साताअघि नै लिग उपाधि पक्का गरिसकेको युभेन्टसले साम्पडोरियाविरुद्ध हुने अन्तिम खेलका लागि रोनाल्डोलाई विश्राम दिने भएको हो । रोनाल्डो अर्को महिना सुरु हुने यूईएफए नेसन्स लिगमा राष्ट्रिय टोलीमा समेटिएका छन् ।

उनलाई विश्राम दिनका लागि प्रशिक्षक एलेग्रीले आफ्नो अन्तिम खेल भएपनि रोनाल्डोलाई टोलीमा नराख्ने निर्णय गरेका हुन् ।रोनाल्डोको अनुपस्थितिमा युवा फरवार्डद्वय मोइस किन र पाउलो डीबालाले युभेन्टसको आक्रमण सम्हाल्नेछन् । रोनाल्डो इटालियन लिगको सर्वाधिक गोलकर्ता बन्ने सम्भावना न्यून रहेपछि उहाँले विश्राम लिने भएका हुन् ।

लिगका सर्वाधिक गोलकर्ता फाबियो क्वागिलाआरेल्ला भन्दा रोनाल्डो ५ गोलले पछाडी छन् । युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले यस सिजनपछि क्लब छाड्ने निर्णय सार्वजनिक गरिसक्नुभएको छ । उहाँले युभेन्टसमा बिताएका पाँचै सिजनमा लिग उपाधि जित्नुका साथै दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्नुभएको थियो । दुबैपटक युभेन्ट्स उपविजेता बन्दै निराश हुन पुगेको थियो ।