जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १३:२९

कोरोना संक्रमित बढेपछि कलंकी क्षेत्रका पसलहरु बन्द


काठमाडौं, साउन २९

कोरोना संक्रमित थपिदै गएपछि कलंकी क्षेत्रका पसलहरु बन्द गराइएको छ । काठमाडौं महानगरपालिका–१४ मा संक्रमित बढ्दै गएकाले कलंकी क्षेत्रका अत्यावश्यक बाहेकका अन्य पसल, व्यवसाय, होटल, रेस्टुरेन्ट बन्द गरिएको महानगरी प्रहरी वृत्त, कालिमाटीका डिएसपी रूगम कुँवरले जानकारी दिनुभयो । उहाँले वडा नम्बर १४ मा २५ जनाभन्दा बढीलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।