जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १३:५९

ट्रक र अटो ठोक्किँदा दुईको मृत्यु, एकजना घाइते


हेटौंडा, साउन २९

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा–३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका–५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन रहेका छन् ।

घाइते अटो चालक मनहरी गाउँपालिका–५ बसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिलमा उपचार भइरहेको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको हो ।