जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १७:०६

स्वाबको रिपोर्ट नआउञ्जेल अन्यको सम्पर्कमा नआउन स्वास्थ्यको अनुरोध


काठमाडौं, साउन २९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाब संकलन गरि रिपोर्ट नआउञ्जेल अन्य व्यक्तिको सम्पर्कमा नरहन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार रिपोर्ट नआइ अन्य व्यक्तिको सम्पर्कमा रहदा संक्रमण बढ्ने जोखिम उच्च रहन्छ ।

त्यसैले रिपोर्ट नआउञ्जेल आइसोलेट भएर बस्न सबैलाई आग्रह गर्नुभएका हो । उहाँले रिपोर्ट आएपछि यदि पोजेटिभ देखिएमा आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई समेत खबर गरि सचेत बनाउन पनि अनुरोध गर्नुभएको छ ।