जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १०:२२

जनताटाइम्स समाचार प्रभाव : स्वीकृत डिजाइन भन्दा फरक बनाइएको मेलम्चीे सुरुङ प्रवेशद्वारका फ्रेम फेरिने


काठमाडौं, साउन ३० । दुई जनाको ज्यान जाने गरी दुर्घटना भएपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट) का फ्रेम परिवर्तन गरिने भएको छ । स्वीकृत भन्दा बाहिर गएरभित्रबाट खुल्ने गेटको डिजाइनको साटो बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात गेट खुलेर दुर्घटना भएको थियो ।

गेटको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कम्पनी र सप्लायर्सलाई साइडको स्थलगत अवस्था देखाउन थालिएको छ । खानेपानी मन्त्रालयका अनुसार भारतीय निर्माण कम्पनीका विज्ञले मेलम्चीको स्थलगत अध्ययन गरेपछि गेटको डिजाइनको समीक्षा गरी फ्रेम परिवर्तन गरिने भएको हो । मन्त्रालयका प्रवक्ता रितेश शाक्यले डिजाइनअनुसार अव गेट बनाउने बताउनु भयो । भित्रबाट खुल्ने डिजाइन थियो तर बाहिरबाट खुल्ने गरी जडान भएको रहेछ, अब यसको फ्रेम परिवर्तन गर्नुपर्छ, त्यसका लागि निर्माण कम्पनीका विज्ञलाई साइड अध्ययन गराउने तयारीमा छौँ, आयोजनाका अन्य काम भइरहेका छन, शाक्यले भन्नुभयो ।

शाक्यका अनुसार चार प्रवेशद्वारका फ्रेम परिवर्तन गरिनेछन् । अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलको गेटको फ्रेम परिवर्तन गरिनेछ । त्यसका लागि दुई महिना थप समय लाग्नेछ । यससँगै सुरुङमा भेन्टिलेसनको काम समीक्षा गरेर पुनः नक्साङ्कन गरिनेछ । दुर्घटना भएपछि जनताटाइम्स डटकमले स्वीकृत डिजाइन भन्दा बाहिर गएर गेट बनाइएको कारण दुर्घटना भएको तथ्य बाहिर ल्याएको थियो । सुरुङमा पानी पथान्तरण गरिएको बेला नियमित परीक्षण गर्न सुरुङभित्र गएका इन्जिनियर सहितको गाडी अकस्मात् गेट खुल्दा बगाएको थियो । असार ३० गतेको सो घटनामा इन्जिनियर सतिश गोइतको शव इन्द्रावती खोलामा अर्को दिन भेटिएको थियो । चालक राधाकृष्ण थापा अझै बेपत्ता हुनुहुन्छ ।

सुरुङ परीक्षणका लागि पानी छाड्दा ढोका नै फोडेर पानी आएपछि सुरुङभित्र गाडीमा रहेका दुवै जनालाई बगाएर बेपत्ता बनाएको हो । किन भयो त यस्तो दुर्घटना ? यस्को कारण भने मेलम्चीको सुरुङ निर्माणका लागि एप्रुभ भएको डिजाइन भन्दा बिल्कुलै फरक र अत्यन्तै कमजोर संरचना बनाइनु रहेको छ । जनताटाइम्सलाई प्राप्त डिजाइनले नै अत्यन्तै बदमासी गरी पानीले सजिलै फोडन सक्ने गरी ढोका बनाइएको छ । सुरुङमा ढोका निर्माणका लागि एप्रुभ भएको डिजाइन भन्दा कसैले एप्रुभ नै नभएको डिजाइन अनुसार ढोका बनाउँदा सो दुर्घटना भएको हो ।

हेर्नोस स्वीकृत डिजाइन

खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी केही समयभित्रै काठमाडौं आउने घोषणा गरेलगत्तै सुरुङ परीक्षण गर्दा त्यही कमजोर संरचनाका कारण अम्बाथानको ढोका नै बगाएर दुर्घटना भएको हो ।

हेर्नोस बनाइएको डिजाइन

स्वीकृत डिजाइनअनुसार ५ स्थानका गेटहरु भित्रतिरबाट खोल्ने बनाउनु पर्नेमा स्वीकृत नै नभएको डिजाइनअनुसार बाहिरतिर खोल्ने बनाएकोले नट बोल्टले पानीको प्रेसर थाम्न नसकेको अवस्थामा सो दुर्घटना भएको हो । छानविन समितिले यो कुरा स्वीकार गरेको छ ।

मेलम्चीको सुरुङ निर्माणमा कार्यरत एक कर्मचारीका परीक्षणका लागि अनुसार २५ प्रतिशत मात्रै पानी छाडदा अम्बाथानको ढोका बगाएको छ । यस्तो ढोका ५ ओटा रहेको छ । जसमध्ये एउटा ढोका बगाएको हो । यस्तै डिजाइनबिपरित सिन्धुअडिटमा पनि यस्तै ढोका बनाइएको छ । सुन्दरी जलको बाहेक दुवै स्थानका ढोकाहरु गलत मनसायका साथ बनाइएको कारण पानीले सजिलै फोडन सक्ने र ठुलै दुर्घटना निम्तने देखिएको छ । मेलम्चीको सुरुङमा राखिएका भेन्टिलेशन शाफ्ट पनि मापदण्डअनुसार नरहेको पाइएको छ । पानी छाडदा प्रैसर बढन गई सजिलै पग्लिने गरी पाइपको राखिएकोले खतरा देखिएको निर्माणमै संलग्न एक कर्मचारीको भनाई छ । यस्तै रकबोल्ट पनि दुई मिटर हाल्नुपर्नेमा एक मिटर मात्रै हालिएको पाइएको छ ।

यो पनि

मेलम्ची खानेपानी आयोजनाको डरलाग्दो भित्री कथा : सुरुङको स्वीकृत डिजाइन एउटा, निर्माण भयो अर्कै