जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १६:१४

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड दश लाख नाघ्यो


जेनेभा, साउन ३०

विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । संक्रमित मध्ये हालसम्म एक करोड ३९ लाख २५ हजार ६२५ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६३ लाख ९१ हजार ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख १५ हजार ६६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७० हजार ४१५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५० लाख ७४ हजार ३७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार ४१८ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ६३ लाख ८२ हजार ६८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ६० जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ६ हजार ५५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार २०५ को मृत्यु भएको छ ।

एसिया ५३ लाख ९६ हजार ७७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १५ हजार ६६९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १० लाख ८८ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा २४ हजार ८०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०१ जनाको मृत्यु भएको छ ।