जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार १२:१३

तीन दिनदेखी आइसीयुमा रहेका कोरोना संक्रमितको मृत्यु


कपिलबस्तु, साउन ३१

तीन दिनदेखी आइसीयुमा उपचार गरिरहेका कपिलवस्तुका एक ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मायादेवी गाउँपालिका–७ का ४० वर्षीय उनको कोरोना भाइरस संक्रमणले मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । अस्पतालमा आउँदा नै श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा राखेर उपचार गराइरहेका उहाको तीनपटक स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

पिसिआर मेसिनबाट दुई पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएका ती पुरूषको शनिबार बिहान जीन एक्सपर्ट मेसिनमार्फत् गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. थापाले जानकारी दिनुभयो ।