जनता टाइम्स

१ भाद्र २०७७, सोमबार २०:३२

सांसद राजभण्डारीद्वारा भेन्टिलेन्टर किन्न एक लाख सहयोग प्रदान


काठमाडौं, भदौ १

नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद दिब्यमणी राजभण्डारीले भेन्टिलेन्टर किन्नका लागि एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । नेपाल भेन्टिलेटर सर्भिसले संचालन गरेको सय दिनमा एक हजार भेन्टिलेटर अभियानमा उहाले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

कोरोनाको महामारी बढ्दै गएको र संक्रमितले उपचार नपाउने दुःखद अवस्था रहेको भन्दै उहाले आफुले पाउने पारिश्रमिकबाट १ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो । ‘संक्रमणको कारण गम्भीर बिरामी परेका व्यक्तिहरुलाई कृत्रिम स्वासप्रश्वासको आवश्यक्ता पुरा गर्न यो अभियान सहयोगी हुने बिश्वास लिएको छु’ सहयोग रकम हस्तान्तरण गर्दै सांसद राजभण्डारीले भन्नुभयो, ‘अस्पतालहरुमा आवश्यक्ता भन्दा अति नै कम भेन्टिलेटर भएको कारण गम्भीर बिरामीले समेत प्रयोग गर्न अभाव देखिएको छ ।‘

उहाले यस्तो पवित्र कार्यलाई सबैले सहयोग गर्न समेत अपिल गर्नुभएको छ । सांसद राजभण्डारीले स्थानियस्तरमा पनि कोरोना प्रभावितहरुको लागि सहयोग गर्नुभएको थियो । सांसद राजभण्डारीले निम्न तथा मध्यमवर्गीय व्यवसायीहरुका लागि आफ्नो विजिनेस कम्प्लेक्सको भाडामा पनि छुट दिइसक्नु भएको छ ।