जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १६:३६

उपत्यकामा भेटिए २०५ संक्रमित


काठमाडौं, भदौ २

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित सोमबार भेटिएका छन् । सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका हुन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन् । सोमबार काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना पुष्टि भएको थियो ।