जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार ०८:०२

रौतहटमा गोली हानेर पुजारीको हत्या


रौतहट, भदौ ४ ।  रौतहटमा गोली हानेर एक जनाको हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान थालेको पनि उहाँले बताउनुभयो ।