जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार १३:०५

प्रचण्ड र नेपाललाई भेटेर दिल्ली गए राजदूत क्वात्रा


काठमाडौं, भदौ ४

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेर नयाँ दिल्ली जानु भएको छ । नेकपाभित्रको विवाद समाधानतर्फ उन्मुख भईरहेका बेला उहाले दुई नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेर दिल्ली जानु भएको हो ।

राजदूतले क्वात्राले सोमबार अपरान्ह प्रचण्ड र मंगलबार नेता नेपालसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा विशेषगरी पार्टीमा देखिएको विवाद र दुईदेशबीचको सम्वन्धका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । सीमाको विषय कर्मचारी तहबाट टुंगोमा नपुग्ने भन्दै राजदूत क्वात्राले उच्च अधिकारीबीचमै छलफल हुने जानकारी गराउनु भएको बुझिएको छ । पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएपनि त्यसबारे भने विस्तृत विवरण स्रोतले दिन चाहेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई हटाउन लागेको कुरा असार १४ गते अभिव्यक्ति दिए लगत्तै पार्टीभित्रैबा उहाको राजिनामा माग गरिएको थियो । त्यसपछि विवादले फुटको संघारमा पुगेको भनेर नेता तथा कार्यकर्ताले चिन्ता समेत व्यक्त गरेका थिए । तर, अहिले पछिल्लो समयमा नेताहरु राजिनामाको विषयबाट पछाडी हटिसकेका छन् । यही सेरोफेरोमा उहाहरुबीच भएको छलफललाई महत्वका साथ हेरिएको छ ।