जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार १७:४९

कांग्रेस नेता डा. शेखर कोइरालाको घोषणा : सभापति जितेरै लिने हो-जित्छु, अव त्यो भूल गर्दिन (भिडियोसहित)


काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाल आगामी महाधिवेनमा पार्टी सभापति पदमा चुनाव लडने घोषणा गर्नुभएको छ । कांग्रेसको महाधिवेशनको मिति नजिकिदै जाँदा सभापति पदका आकांक्षी बढिरहेको बेला कोइराला परिवारका प्रभावशाली नेता शेखरले पार्टी सभापतिका लागि आफू तयार भइसकेको भन्दै अव कसैलाई छाडने भूल नगर्ने घोषणा गर्नुभएको छ ।

एपिवान टेलिभिजनका लागि टीकाराम यात्रीसँगको अन्तवार्तामा डाक्टर कोइरालाले सभापति पद मागेर होइन, जितेर नै लिनुपर्ने भन्दै यसपटकको महाधिवेशनमा आफूले जित्ने दावी गर्नुभयो । ‘यो लडेर लिने पद हो, कसैले दिएर लिने होइन, मलाई चाहिएको छैन कसैले दिएर लिनका लागि,’ कोइरालाले भन्नुभयो ।

उहाँले सवैसँग परामर्श गरेर आफू सभापतिको उम्मेद्वार बनेर जित्ने बताउनु भयो । ‘यो पटक पनि पर्खिदेउ शेखर भन्ने कुरा संभव नभएको भन्दै उहाँले भन्नुभयो, ‘संभव छैन यसचोटी, त्यो मेरो भूल थियो ।’ उहाँले आाफू एकपटक भन्दा सभापति नरहने घोषणा पनि गर्नुभयो ।

https://www.facebook.com/yatrijee/videos/670278183576957/