जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार १०:०६

तीज मनाउँदा यी कुरामा ध्यान दिन प्रधानमन्त्रीको अपिल


काठमाडौं,भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन बिशेष अपिल गर्नुभएको छ । तीजको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिनुभएको हो ।

‘यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ, ‘शुभकामनामा प्रधानमन्त्री ओलीले भन्नुभएको छ । उहाँले महामारीको सीमा बुझेर आफ्नो जीवनको रक्षालाई पहिलो प्राथमिकता दिन पनि आग्रह गर्नुभएको छ ।

महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुरोध गर्दछु । तीजको हार्दिक शुभकामना, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

यस्तो छ प्रधानमन्त्रीको शुभकामना

यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ । महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुरोध गर्दछु । तीजको हार्दिक शुभकामना १ प्रधानमन्त्री