जनता टाइम्स

६ भाद्र २०७७, शनिबार ०६:२७

भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना कोरोना संक्रमण, ९५३ जनाको मृत्यु


काठमाडौं,  भदौ ६। विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९६ हजार ६४१ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९५३ जनाको मृत्यु भएपछि भारतमा शनिबार विहानसम्म मृत्यु हुनेको संख्या ५५ हजार ९२८ पुगेको छ ।