जनता टाइम्स

६ भाद्र २०७७, शनिबार ११:०८

पूर्वप्रधानमन्त्री नेपालको सुरक्षामा खटिएका सात सशस्त्र प्रहरीमा कोरोना संक्रमण


काठमाडौं, भदौ ६

पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्‍वरको सुरक्षामा तैनाथ सातजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको छ । निवास र उहाको सुरक्षामा खटिएका सशस्त्रमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमा संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लगिएको छ । उनीहरुसँग सम्पर्कमा आएका अन्यको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्रोतका अनुसार नेपालको सवारी चालकलाई समेत कोरोना संक्रमण देखिएको जनाएको छ । तर, सचिवालय स्रोतका अनुसार उहाको पछुवा सुरक्षामा खटिएका सशस्त्रलाई संक्रमण भएको जानकारी दिएको छ ।

नेता नेपालको सुरक्षामा तैनाथ प्रहरीको टोलीमा कोरोना पुष्टि भएपछि अर्को टोली कोटेश्‍वर आइसकेको छ। नेता नेपालको सचिवालयका एकजना सदस्यका अनुसार सुरक्षाकर्मीबाहेक अन्यलाई कोरोना देखिएको छैन । नेता नेपालसहित परिवार र सचिवालयका सदस्यहरुको परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आइसकेको बताइएको छ ।