काठमाडौं, भदौ ७
कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई हप्ताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो । यसरी हेर्दा घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको पाइएको हो ।
जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्