जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १२:१५

वीरगन्जमा ३२० स्वाब परीक्षणमा १५६ जना संक्रमित


वीरगन्ज, भदौ ७

प्रदेश–२ मा रहेको नारायणी अस्पतालको प्रयोगशालमा ३ सय २० जनाको स्वाब परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति भएको परीक्षणमा भेटिएका संक्रमितमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् ।

४३ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ पाइएका हुन् । नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक पनि संक्रमित भएका छन् । वीरगन्जको एक एफएमका ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ संक्रमित भएका छन् । नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा संक्रमण पुष्टि भएको छ । सुख्खा बन्दरगाहका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।

वीरगन्ज महानगरपालिका– १४ पिप्रामा १६ जना र छपकैयामा १० जना संक्रमित थपिएका छन् । वीरगन्जका अन्य संक्रमितहरु राधेमाई, माईस्थान, रामटोल, श्रीपुर, रेशमकोठी, नगवा, मुर्ली, तेजारथ टोल, कुम्हालटोल, गणेशटोल, अपौनी, बसडिल्वा, भिस्वाका बासिन्दा हुन् । पर्सागढी नगरपालिकामा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी पर्साको बिन्दवासनी गाउँपालिकामा ९ जनामा कोरोना देखिएको छ । पटेर्वासुगौली, बिन्दवासनी गाउँपालिकामा समेत संक्रमित थपिएका छन् ।