काठमाडौं, भदौ ८
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको बताउनुभयो ।
प्रवक्ता डा. गौतमले झापाको एक जना ५८ वर्षीय पुरुष, पर्साको एक ५६ वर्षीय महिला, सर्लाहीको ३३ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गराउनुभयो । यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्