जनता टाइम्स

८ भाद्र २०७७, सोमबार ०६:५६

भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो


काठमाडौं, भदौ ८ । भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबारसम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म २३ लाख ३६ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ६९७ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८४६ जनाको मृत्यु भएपछि भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५७ हजार ६९२ पुगेको  छ ।