जनता टाइम्स

८ भाद्र २०७७, सोमबार ११:४२

कोरोना संक्रमणबाट विराटनगरमा एक पुरुषको मृत्यु


विराटनगर, भदौ ८

मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ८ का ६५ वर्षीय पुरुषको आइतवार राति मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो । उहामा संक्रमण पुष्टि भएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको थियो ।

मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ । महानगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ ।