काठमाडौं, भदौ ८
मानिसको मृत्युपछि हुने दाह संस्कारमा सहभागी हुने प्राय विश्वका सबै मानिसको संस्कार रहेको छ । नेपालमा पनि मलामी जाने चलन निक्कै पुरानो हो । मानिसको मृत्युदेखी नै यो चलन चल्दै आएको अनुमान गरिएको छ । तर, पछिल्लो समय भने मलामी जान समेत मानिसहरु हिच्किचाउन थालेका छन् ।
महामारीको रुपमा रहेको कोभिड–१९ को सङ्क्रमणका कारण विशेषगरी शहरी क्षेत्रमा मलामी जानेको संख्या ह्वात्तै घटेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य स्वस्थ्य व्यक्तिमा कोरोना सर्न सक्ने खतरा रहेकाले मलामी आउनेको संख्यामा निक्कै कमि देखिएको हो ।
काठमाडौंको पशुपति आर्यघाटमा आइतवार यस्तै दृश्यहरु देखिएका छन् । शवहरु जलिरहेका छन्, तर छेउमै कोही पनि छैनन् । केही पर सानो संख्यामा मानिसहरु पनि देखिएका छन् । काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेका कारण पनि मानिसहरुको चहलपहल कम छ । कोरोनाको सङ्क्रमिण हुने डरले मानिसहरु मलामी जानसमेत हिच्किचाइरहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्