जनता टाइम्स

८ भाद्र २०७७, सोमबार २०:१३

पाटन अस्पतालमा सोमबार साँझ दुई कोरोना संक्रमितको मृत्यु


काठमाडौं, भदौ ८

कोरोना संक्रमणका कारण सोमबार साँझ ललितपुरमा २ जनाको मृत्यु भएको छ । पाटन अस्पतालका उपचारका क्रममा सोमबार साँझ दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले साँझ ६ बजे जारी गरेको विज्ञप्ती अनुसार काठमाडौं र धनुषाका एक–एक जना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो । त्यसैगरी गत साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको जानकारी दिएको छ ।