जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार ०६:३५

विश्वमा कोरोनाः २ करोड ३८ लाख ६५९ संक्रमित, १ करोड ६३ लाख बढी डिस्चार्ज


काठमाडौं। भदौ ९ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट १ करोड ६३ लाख ४७ हजार २१० जना निको भएका छन् । विश्वभर अहिले संक्रमितको संख्या २ करोड ३८ लाख हजार ६५९ जना रहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख १६ हजार ५ सय १४ रहेको छ ।

विश्वभरमा ६६ लाख ३६ हजार ९३५ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६१ हजार ७६७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १४ हजार ६८२ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८१ हजार ९४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भने भाइरसलाई जितेर ३२ लाख १५ हजार ८४९ जना घर गइसकेका छन् । त्यस्तै सोमबार मात्र अमेरिकामा ४० हजार ५३६ जना नयाँ संक्रमित भेटिएका छन् । भने ४९० जनाले ज्यान गुमाएका छन् ।