जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार ११:२५

लाइसेन्स नवीकरण भदौ मसान्तसम्म विना जरिवाना गर्न पाइने


काठमाडौं, भदौ ९

लकडाउनले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न पाउनु भएको छैन भने भदौ मसान्तसम्म जरिवाना नलाग्ने भएको छ । लकडाउनको अवधिमा म्याद सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गरेको जनाएको छ । यो निणर्यअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरिवाना तिर्नुपर्ने छैन ।

नेपाल सरकारको साउन ५ गतेको जरिवाना मिनाहाको निणर्य कार्यान्वयनको लागि विभागको ‘सिस्टम मोडिफिकेसन’ समेत भइसकेको सूचनामा उल्लेख छ ।