जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १३:५०

उत्तर कोरियाका नेता किम जोङ कोमामा


प्योङयाङ, भदौ ९

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन कोमामा जानुभएको छ । कुटनीतिज्ञ चाङ सङ मिनले सर्वोच्च नेता कोमामा रहनुभएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेता उन कोमामा रहँदैगर्दा उहाँकी बहिनी किम यो जोङलाई देश हाँक्ने जिम्मेवारी दिने तयारी भइरहेको जनाइएको छ । नेता किमलाई के भएको भन्नेबारे खुलाइएको छैन । एजेन्सी