जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १५:५६

सुदुरपश्चिममा थप ५० जनामा कोरोना पुष्टि


डडेल्धुरा, भदौ ९

डडेल्धुरा जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सुदुरपश्चिम प्रदेशमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुराको अमरगढी नगरपालिकाका २ मा कोरोना पुष्टि भएको अस्पताल प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाादभूसालले बताउनुभयो ।

उहाँले अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका २ जनामा संक्रमण पुष्टि भएको छ ।