जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १३:०५

बाबा एजुकेसन कन्सलटेन्सी वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसनबाट सम्मानित


अमृत शर्मा/सिड्नी, अस्ट्रेलिया

बाबा एजुकेसन कन्सलटेन्सी सम्मानित भएको छ । वर्ल्ड बुक रेकर्डमा सूचीकृत भएसँगै ‘वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसन’ ’द्वारा सम्मानित भएको हो । बाबा एजुकेसन कन्सलटेन्सी सँगै ग्लोबल कलेज इन्टरनेसनल, इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी र फ्लाइटेक इन्टरनेसनल पनि सम्मानित भएका छन् ।

बरिष्ठ समाजसेवी एवम् उद्यमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्यतामा ,वर्ल्ड बुक अफ रेकर्ड नेपाल का अध्यक्ष सागर कट्वाल एवम् विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो। वर्ल्ड बुक रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले बाबा एजुकेसन कन्सलटेन्सीका डाइरेक्टर राजेन्द्र कुमार शर्मालाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्ट्फििकेसनको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

वर्ल्ड बुक रेकर्ड नेपालका अध्यक्ष सागर कट्वालले बैदेसिक शिक्षामा अब्बल र गुणस्तरीय सेवा प्रदान गरेको भन्दै वर्ल्ड बुकमा रेकर्ड गरिएकोे बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘वर्ल्ड बुक अफ रेकर्ड गुणस्तर मापन गर्ने विभाग हो । यसले कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिने संस्थाको मूल्यांकन गरी वल्र्ड स्ट्यान्डराइजेसन सर्ट्फििकेसनद्वारा विभूषित गर्ने कार्य गर्दैआएको छ ।

इंग्ल्यान्डमा स्थापित वर्ल्ड बुक रेकर्डको अस्ट्रेलियालगायत विभिन्न देशमा शाखा छन् । एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, सांस्कृतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संघसंस्थालाई सूचीकृत गर्दै आएको छ । यसअघि वल्र्ड बुक रेकर्डमा बुद्धको जन्मथलो लुम्बिनी र पशुपतिनाथ मन्दिर पनि सूचीकृत भएका थिए ।

उच्च शिक्षा अध्यन गर्न अस्ट्रेलिया जान चाहने बिद्यार्थी र अस्ट्रेलिया पुगी सकेका बिद्यार्थी लाई इस्तापनाकाल बाटै गुणस्तरीय सेवा( सुविधा प्रदान गर्दै आएको बाबा एजुकेसन कन्सलटेन्सीले आगामी दिन मा पनि आफ्नो सेवा र सर्भिस लाई अझै प्रभाकारी बनाउने बताउनु हुन्छ बाबा एजुकेसन कन्सलटेन्सीका सीईओ रबिन्द्र कुमार शर्मा । साथै वल्र्ड स्ट्यान्डराइजेसन सर्ट्फििकेसनद्वारा सम्मानित हुन पाएको मा वाहाले खुसि बेक्त गर्नु भयो ।