जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १९:५०

कुलमान र उपेन्द्र कोइराला नै फेक समाचारको शिकार


काठमाडौं, भदौ ९ । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राडा. उपेन्द्र कोइराला नै फेक समाचारको शिकार बन्नुभएको छ । देसी बिदेशी योजनाअनुसार आर्थिक लाभ लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबिरुद्ध अफवाह फैलाउने ठेक्का लिएको समुहले चलाएको फेक समाचार कारखानाको शिकार प्रतिष्ठित ब्यक्तिहरु बन्नुपरेको हो ।

आज साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पसन ४ बर्षे कार्यकालका लागि निरन्तरता दिएको समाचार सत्तारुढ नेकपाका नेताका लगानी भएको अनलाइनदेखि सामाजिक सञ्जालसम्म आए । तर ती सवै समाचार सरकारबिरोधी डिजाइनअनुसार ल्याइएको पाइएको छ । यत्तिसम्मकी पूर्वमन्त्रीले लगानी गरेको अनलाइनमा समेत सो सामाचार आयो । ‘मन्त्रिपरिषद बैठक सुरु भएलगत्तै कुलमानको नियुक्ति भनेर फेक समाचार ल्याइयो, समाजका प्रतिष्ठित भन्नेहरुले समेत तथ्य नै नबुझी बधाई दिन थाले, यो सवै काम योजनाअनुसार नै भएको छ,’ एक उच्च अधिकारीले भने ।

उनका अनुसार सरकारलाई अफवाहकै पछाडि जवाफ दिन लगाएर दवावमा राख्ने रणनीतिअनुसार यो काम भएको छ । जस्को कारण उर्जामन्त्री बर्षमान पुनले नै कुलमान सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा नलगेको प्रष्टिकरण बैठकबाटै दिनुपरेको छ । उहाँले नेकपाका केन्द्रीय सदस्य ओम शर्माले सञ्चालन गर्नुभएको रातोपाटी अनलाइनमार्फत आफ्नो कुरा राख्नुपरेको छ । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला निराधार भन्दै मन्त्री पुनले यसबारे मन्त्रिपरिषदमा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताउनु भएको हो । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने बिषयमा कुनै निर्णय भएको छैन, मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छैन,’ मन्त्री पुनको भनाई छ ।

यस्तै पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालाको बिषयमा पनि आज बिहानैदेखि अफवाह फैलाइएको छ । राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष चयन बैंकको सञ्चालक समिति बैठकले गर्छ । सो बैंकको सञ्चालक समितिको निर्मल अधिकारी राजश्व परामर्श बिकाश समितिको अध्यक्ष नियुक्त हुनुभएपछि सो बैंकमा अध्यक्ष नियुक्त गर्नुुपर्ने अवस्था छ । प्राडा उपेन्द्र कोइराला सञ्चालक समिति सदस्य मात्रै हुनुहुन्छ । सञ्चालक समिति बैठक नै नबसेको बेला अध्यक्ष भन्दै उपप्रधानमन्त्री इश्वर पोखरेलको सम्धीलाई नियुक्ति भन्दै अफवाह फैलाइएको छ ।

सञ्चालक समिति बैठकले अव मात्रै अध्यक्ष चयन गर्नेछ । सो बैठकबाट कोइराला अध्यक्ष हुनुहुन्छ भन्ने निश्चित देखेर उहााबिरुद्ध मिडिया ट्रायल गरिएको छ । ‘बाणिज्य बैंकको अध्यक्ष बैंक सञ्चालक समितिले गर्छ, सरकारले होइन, अहिले बैठक नै बसेको छैन, कसरी नियुक्त गरियो भन्दै अफवाह फैलाइयो, हामीलाई जानकारी भएन,’ सोही बैंकका एक सञ्चालकले जनताटाइम्ससँग भने । यो तथ्य भए पनि नेकपाकै केन्द्रीय सदस्यहरुले सरकारबिरुद्ध सामाजिक सञ्जाल र अनलाइनमा हुर्मत लिएका छन ।

केन्द्रीय सदस्य ओम शर्माकै अनलाइनमा उपप्रम पोखरेलको हुर्मत लिइएको छ भने अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले सर्वाङवाद भन्दै आपत्ति जनाउनु भएको छ । अनलाइन सञ्चालक समेत रहनुभएका सापकोटाले ओली सरकारबिरुद्ध नागरिक भडकाउन प्रयोश हुने सवै शब्ल आफ्नो फेसबुकमा प्रयोग गर्नुभएको छ ।