जनता टाइम्स

१० भाद्र २०७७, बुधबार ०७:२३

बाँकेमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु


बाँके, १० भदौ । बाँकेमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षे पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

बिरामीको दुवै फोक्सोमा निमोनिया भएको नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालले जनाएको छ। बिरामी भएर नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका उनलाई हिजोबाट शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । ८ गते अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना परीक्षण गरिएको र हिजो दिउँसो ३ बजे कोरोना पोजेटिभको रिपोर्ट आएको अस्पतालले बताएको छ । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।