जनता टाइम्स

१० भाद्र २०७७, बुधबार ०८:१५

पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु


काठमाडौं,  भदौ १० । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।