जनता टाइम्स

१० भाद्र २०७७, बुधबार ०९:५३

कैलालीमा कोरोना संक्रमित थप १ पुरुषको मृत्यु


कैलाली , १० भदौ  । कैलालीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुष रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको मंगलबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकिएको छ । बुधबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार भइरहेको उनमा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।