जनता टाइम्स

११ भाद्र २०७७, बिहीबार ०९:३५

यसकारण निर्दाेष छन गोकुल बास्कोटा, यी हुन तथ्य


काठमाडौं, भदौ ११ । पूर्वसञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्लिन चिट दिन लागेको भन्दै समाचार बाहिर आएपछि बिचौलियाहरुमा रुवावासी छाएको छ । हरेक नियुक्ति र ठेक्कापट्टामा हिस्सा खोज्दै दलाली गर्ने मिडियाका सञ्चालकहरुमा पनि अत्यास छाएको पाइएको छ । ६२ अर्वबाट घटाउँदै करिव १८ अर्वमा सेकुरिटी प्रेस खरिद गर्न लाग्दा बिचालियाले बाँस्कोटालाई बदनाम गराउन आफै अडियो रेकर्ड बनाएर लागेको घटना पनि बाहिर आइसकेको छ ।

किन छन त बाँस्कोटा निर्दाेष ? यी तथ्य हेरौं

पहिलो कुरा बाँस्कोटाले बोलेको भनिएको कथित अडियो र सेक्युरेटी प्रेस खरिदमा बढाइएको प्रस्ताव सम्बन्धी कागजातमा भनिएको भन्दा निक्कै तल अर्थात १८ अर्बमै ल्याउने तयारी भइरहेको स्पष्टछ ।

कथित टेपमा २८ अर्बमा ल्याउने भनि डिल गरिएको छ तर बाँस्कोटाले बढाएको कागजपत्रमा त्योभन्दा १० अर्ब कम देखिनुले बाँस्कोटाको नियत सफा छ भन्ने प्रमाणित हुन्छ ।

अर्को कुरा बाँस्कोटाले आफू विरुद आरोप लागेसँगै छानबिनका लागि सजिलै राजिनामा दिए । उनले पदको दुरुपयोग गरेनन् । अझ उनै बाँस्कोटाले आफूलाई लागेको आरोप विरुद्घ अदालतमा मुद्दा हालेर न्याय खोजिरहेका छन् ।

अदालतमा मुद्दा चलिरहेको समयमा समेत घरी यसो र घरी उसो भन्दै बिना प्रभाण र तथ्यका आधारमा बास्कोटालाई हिलो छाप्नखोज्नु भनेको न्यायलयमाथिकै प्रहार हो । कालोधनको परिचालन गरेर अदालतमा चलिरहेको विषयमा अनावश्यक टिक्का टिप्पणी गर्नु र कोकोहोलो मचाउनुले पनि दालमा कुचकालोछ भन्ने स्पष्ट छ । आफै न्यायधिस, आफै वकिल र आफै पत्रकार हुनेहरुको यो स्याँल हुइया बाँस्कोटाले क्लिन चिट पाउँछन् र पुनः शक्तिशाली हुन्छन् भन्ने भय बाहेक अरु केही हैन ।

दलालहरुले कथित आरोपलाई जति लम्ब्याउन सक्छन् त्यतिजेलसम्म उनीहरुको लुटको स्वर्ग बच्ने स्पष्ट छ । यसो गरेमात्र देशले पाउने अर्बौ फाइदा आफ्नोे पोल्टामा पारिरहन उनीहरु सफल हुनेछन् । सेक्युरेटी प्रेस नेपालमा आए नेपालबाट हुने बार्षिक १० अर्बभन्दा बढिको उनीहरुको पुस्तौनीे ब्यापार छिनमै चैट हुने त बाँस्कोटाले धेरै पटक भनिसकेकै विषय हो ।

आफ्नो कालो ब्यापारका लागि अनुकुल पात्र खडा गरेर बुँख्याचा बनाई देश लुट्नेहरुको यो बैचैनी पानीको फोका साबित हुने निश्चित छ । अदालतमा विचाराधिन मुद्दाको विषयमा फेक न्युजको कालो धन्दा कुनचाँही कानूनी आधार र धरातलमा टिकेको छ के दलालहरुसँग यसको उत्तर छ । हैन भने अरुलाई कानुन सिकाउनेहरु आफै कानूनको खिल्ली उडाउन किन ब्यस्त छन्, स्पष्ट छैन र ?