जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार १४:३२

टिचिङ अस्पतालमा भदौ ९ गते मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि


काठमाडौं, भदौ १२

त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो ।

पुरुषलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । हिजो आएको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको हो । निमोनियाको समस्या भएका पुरुषलाई अस्पताल ल्याइएको बताइएको छ ।