जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १२:४३

फेरी देखियो चीनमा कोरोना : २४ घण्टायता १७ संक्रमित


बेइजिङ, भदौ १५

चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ । आज दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टामा कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आज चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्किएका छन् ।

केही हप्ता यता चीनले आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना भाइरस देखिएको बताउँदै आएको छ । गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरुले बताएको हो ।चीनमा यो समेत गरी यस भाइरसका ८ हजार ५४८ जना सङ्क्रमित भेटिएका हुन् । त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ ।