जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार २०:४१

मुखर्जीको निधनबाट प्रधानमन्त्री ओली दुखी, नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदान स्मरण


काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताउनुभएको छ । भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको समाचार सार्वजनिक भएलगत्तै आज साँझ ट्विट गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको स्मरण पनि गर्नुभएको छ ।