काठमाडौं, भदौ १५ । राष्ट्रपति बिद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताउनु भएको छ । राष्ट्रपति भण्डारीले आज साँझ ट्वीट गर्दै यस्तो धारणा राख्नुभएको हो ।
भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट मर्माहत भएको जनाउनु हुँदै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

यस्तो छ राष्ट्रपति भण्डारीको शोक सन्देश
भारतका पूर्वराष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।













प्रतिक्रिया दिनुहोस्