जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार ०९:१३

धरानमा कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु


सुनसरी,  भाद्र १६। सिरहाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया ३ निवासी ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । उनको सोमबार राति ८स्४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।

उनलाई विराटनगरस्थित विराट शिक्षण अस्पतालबाट भदौ १० गते धरान रेफर गरिएको थियो । डा। सापकोटाका अनुसार मृतकमा ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, खोकी र श्वासप्रश्वासको समस्या थियो ।