काठमाडौं, भदौ १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा प्रेस संगठन नेपालका इञ्चार्ज राजेन्द्र गौतमले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग तीन बिषयमा जवाफ माग गर्नुभएको छ । नेता गौतमले श्रेष्ठसँग ब्यक्तिगत नभई पार्टीको प्रवक्ताका रुपमा तीन बिषयको उठान गरी जवाफ माग्नुभएको हो ।
को हो नैतिक ? के हो नैतिकता ? भन्दै नेता गौतमले नेकपाको अन्तरिम बिधानमा भएको ब्यवस्था, राजनीतिक प्रतिवेदनको निश्कर्ष र संबिधानलाई आधार बनाएर प्रवक्ता श्रेष्ठसँग सार्वजनिक रुपमा जवाफ माग गर्नुभएको छ ।
यस्तो छ नेता गौतमको प्रश्न
प्रवक्ता नारायणकाजी श्रेष्ठसंग पार्टी धारणा प्रष्ट गर्न माग
को हो नैतिक ? के हो नैतिकता ?
…….
……….
१. नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) संविधानको सर्वोच्चता, विधिको शासन …..आधुनिक लोकतन्त्रका विश्वव्यापी मुल्य मान्यतामा प्रतिवद्व छ। (अन्तरिम विधान २०७५,पेज ५,प्यारा दोस्रो) ।
२. विचार र कार्यक्रमका आधारमा ……विधिको शासन, शक्तिको पृथकिकरण जस्ता विषयहरु यसका अभिन्न अंग हुनेछन। (राजनीतिक प्रतिवेदन पेज २० (प्यारा दोस्रो) ।
३. नेपालको संविधान भाग ७,धारा ७८ को (४) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भएपनि तत्काल कायम गरेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) वमोजिम मन्त्रिपरिषदमा नियुक्तिका लागि योग्य हुने छैन भनी प्रस्ट लेखिएको छ। त्यसकारण त्यस्तो व्यक्ति राष्ट्रियसभामा जान र मन्त्री वन्न मिल्छ कि मिल्दैन ? प्रवक्ताज्यू, पार्टीको धारणा प्रष्ट पारी दिन माग गर्दछु।













प्रतिक्रिया दिनुहोस्