जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार १०:४६

पेट्रोलको मुल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसुची


काठमाडौं, भदौ १७ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको छ ।

निगमले अन्य पेट्रोलियम पदार्थ, ग्यास, डिजेल लगायतको मूल्य यथावत राखी पेट्रोलको मुल्य बढाएको हो । निगमले निषेधाज्ञा भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाउने निर्णय भएको निमगले बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

निगमका अनुसार प्ट्रोलमा लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । हाल मूल्य समायोजन भए पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू। ३२.२६ र डिजेल प्रति लिटर ३६.७५ ले नेपाल तर्फ सस्तो रहेको सम्बन्धित सबैमा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ, बिज्ञप्तीमा भनिएको छ ।