जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १९:५०

पार्टीभित्र गुटबन्दी गर्ने परिस्थितिका विषयमा छलफल चलाउनु पर्छ : घणश्याम भुसाल


रुपन्देही, जेठ १३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घणश्याम भुसालले पार्टीलाई बलियो बनाउन पार्टीभित्रैको गुटबन्दीबारे बहश चलाउन जरुरी रहेको बताउनु भएको छ ।

नेकपा रुपन्देही जिल्ला कमिटीको सपथ ग्रहणमा बोल्दै नेता भुसालले सो धारणा राख्नुभएको हो । ‘पार्टी बलियो बनाउन पार्टीभित्र गुटबन्दी गर्ने परिस्थितिका विषयमा छलफल चलाउनु पर्छ,’ भुसालले भन्नुभयो । उहाँले मुलुकमा समाजवाद स्थापना गर्न पार्टीको बहुमत जोगाउन जरुरी रहेको धारणा पनि राख्नुभयो । पार्टीमा श्रमजीवी वर्गको बहुमत रहेकाले त्यस्तो वर्गलाई संगठित गरेर अगाडि बढ्नुपर्ने भुसालको भनाई थियो ।

उहाँले देश जनवादी क्रान्तिभन्दा अगाडि बढेर बहुदलीय जनवादतर्फ अगाडि बढेकाले अबका दिनमा दलाल पूँजीलाई अन्त्य गरी राष्ट्रिय पूँजीको विकास गर्नेतर्फ लाग्नुपर्ने धारणा पनि राख्नुभयो । ‘देश जनवादी क्रान्तिभन्दा अगाडि बढेर बहुदलीय जनवादतर्फ अगाडि बढेकाले अबका दिनमा दलाल पूँजीलाई अन्त्य गरी राष्ट्रिय पूँजीको विकास गर्नेतर्फ लाग्नुपर्छ,’ नेता भुसालको भनाई थियो ।